पत्रकारिता र निश्पक्षता

  • जनकराज शर्मा

बर्ग विभाजित समाजमा त्यहि अनुसार बर्गहरुको पृष्ठपोषक गर्दै विचारहरुले समाजको प्रतिनिधित्व गरेका हुन्छन् । ति विचारहरुको आ–आफ्नो मिशन हुन्छ र उदेश्य पुरा गर्ने सन्दर्भमा गतिविधिहरु बढ्दै जान्छन् । समाजमा चल्ने बर्ग संघर्षको हकमा वा समाज परिबर्तन अग्रगमन उन्मूख विचार वा यथास्थिति र प्रश्चगमन तिर पेचिलो बहस चल्दै आएको छ । यो निरन्तर चल्ने प्रकृया पनि हो । लुटको स्वर्ग गुमाएकाहरु पुनः प्राप्तीको लागि आफ्ना गतिविध बढाउँदै जान्छन् । केही प्राप्त उपलब्धि मात्रमा आफ्नो लक्ष्य राख्नेहरु, तत्कालिन परिस्थितिमा नै आफ्नो उदेश्य पुरा भएको र यहि सर्वश्रेष्ठ वा यसैमा सर्वाङ्णिक विकाश देख्ने गरेका छन्, यसैको संरक्षणमा लाग्ने गर्दछन् ।

समाजमा अर्को आधारभुत उत्पिडित उपेक्षित र अपहेलित ठुलो तप्का छ । जुन वास्तव मै उत्पिडनमा छ । त्यो तप्का आफ्नो दैनिकी वा श्रमको सम्मान, न्याय, समनताको परिबर्तन आफ्नो समाज र आफ्नो दैनिकीमा अनुभुत गर्न चाहन्छ । राज्य र शासकहरुले ति बर्गहरुलाई न्याय समनता शान्ति सुरक्षाप्रति कति प्रत्याभुत गर्न सकेको छ र समाजमा हुने विभेद र असमनताको पिडा कति निराकरण हुँदै गएको छ । आफु साँच्चै मानवरुपी जीवन निर्धक्क जीउन पाउने वातावरण सिर्जना भएको छ कि छैन ? उनीहरु समाजले अपनाउँदै आएको विभेदप्रति आफुलाई हुने अपमानको कारणले हिनता बोध महशुसबाट मुक्त भएका छन् वा ब्यबस्था परिबर्तन भए पनि अरु विभेद र असमनता जकडिंदै गएको छ । परिबर्तनको आभास त्यहाँ खोज्नु पर्दछ, खोजिरहन्छन् । समाजको ठुलो तप्काको ध्यान केन्द्रित त्यहाँ हुनु पर्ने जरुरी छ । त्यो तप्कालाई अन्य सामान्य परिबर्तनले केही सुविधा महशुस भए पनि वास्तविक परिबर्तन अकाट्य हुन्छ । त्यसको लागि सचेत हुँदै संगठित शक्तिको अपरिहार्यता छ ।

त्यो मिशन पुरा गर्न समाजमा राजनीति विचारले त्यो बर्ग पक्षधरताको प्रतिनिधित्व गरेको हुन्छ । सामेल हुनु अनिवार्यता छ ताकि आफ्नो मुक्तिको हिस्सा बन्न सकियोस् । उक्त अभियानलाई टेवा पुराउन गित संगित कला साहित्यले उत्पिडित बर्गको चेतना उठाउँदै संगठित हुन वा आफ्नो मुक्तिको अभियानमा जुट्न प्रोत्साहन गर्दै अहम् भुमिका निर्वाह गर्दै आएका छन् । त्यस्तै अर्को पक्षमा पनि हामी ध्यान दिन आवाश्यक छ । त्यो हो पत्रकारिता, पत्रकारिता पनि बर्गिय समाजमा निश्पक्ष वा स्वतन्त्र हुन सक्दैन ।

आ–आफ्नो पृष्ठपोषकको रक्षा गर्दै आएको बर्तमान परिपेक्ष्य छ । यसको अर्थ यो होईन कि पत्रकारहरुले समाज परिबर्तनमा कुनै भुमिका निर्वाह गरेका छैनन् । नेपालका हरेक जन–आन्दोलनमा पत्रकारहरुको ठुलो योगदान हुँदै आएको छ, बलिदान दिएका छन् । घाईते भएका छन् नजर बन्द परेका छन् । यसरी हर्दा पनि के बुझिन्छ भने पत्रकारको समाज वा ब्यबस्था परिबर्तनमा ठुलो त्याग छ बलिदान रहेको स्वत : पुष्टी हुन्छ ।

पछिल्लो समयमा प्रविधिको विकाशसँगै अनलाईन मिडिया युटूव अन्य इलोक्टोनिक माध्यमबाट समचार दाता न्यूज च्यानलहरुको संख्या अप्रत्याशितरुपमा ह्यात्तै बढेको छ । न्यूज च्यानल बढ्नु वा अहिलेको प्रविधि सम्पन्न युगमा संसारभरका घट्नाहरु क्षणभरमा जानाकारी हुनु राम्रो पक्ष हो । यद्यपि अर्को पक्षमाथी पनि हामी ध्यान दिनुपर्ने हुन्छ । कि सत्यतथ्य र पुरै विश्वस्त पर्न सक्ने समचारहरु उपलब्धीमा कति ह्रास आएको छ ।

कति सहि समाचारहरु सम्प्रेषण हँुदै आएका छन् । जनताहरु त्यसप्रति कति सु–सुचित हुँदै, सत्य नजिक पुग्न सकेका छन् त । पछिल्लो समय यस्तो देखिन्छ कि पत्रकारिता व्यवसायी क्षेत्र मात्र हो । दायित्वबोध गर्न जरुरी छैन । पत्रकारको कुनै जिम्मादार हुँदैन । वा कर्तब्यप्रति निष्ठावान र विश्वासनियतामा ध्यान दिन जरुरी छैन । जसरी पनि शिर्षक हाईलाइट गर्ने ठुलो संख्यामा भ्यू जम्मा गरि आर्थिक पक्षमा मात्र ध्यान दिने, पुरै केन्द्रित त्यहाँ भएको पाउन सकिन्छ । पत्रकारिताको आचार संहिता संवेदनशिलता र सत्यतथ्य आधिकारीक स्रोतप्रति ध्यान दिएको पाईदैन । यसको परिणाम स्वरुप आम नागरिकले सत्यतथ्य प्राप्त गर्न सम्भव होला ? के सत्य समाचारबाट बञ्चित हुनुपर्ने प्रवल सम्भावनालाई अस्विकार गर्न सकिन्छ ? यो प्रवृतिको विकाशले त्यससँगै पत्रकारिताप्रतिको विश्वासमा नै प्रश्न उठ्ने छ ।

अर्को पक्ष पहुँच विहिन वा विकट गाउँबस्तीमा घट्ने घट्ना र आम नागरिकहरुले प्राप्त गर्ने पाउने सत्यतथ्य समाचारको अधिकारबाट वञ्चित हुनुपर्ने अबस्था सिर्जना हुँदै आएको त छैन ? सुचनाको हक वा राज्यले नै चौथो अंग मान्दै आएको विषयप्रति राज्यबाट कति नियमनमा ध्यान दिईएको छ त । राज्यबाट त्यो पाईंदैन । जुन गम्भिर पक्षप्रतिको गैरजिम्मेदारी हो । अर्को पक्ष पनि उत्तिकै गम्भिर हो कि पत्रकारको जीवन रक्षा वा सुरक्षा र सुविधाप्रति राज्य गम्भिर भएको देखिंदैन ।

अधिकांश पत्रकारहरु विषयको गम्भिरता भन्दा अतिरञ्जना तिर उन्मुख हुँदै हाईलाईटको लागि झुट र कपोकल्पित समाचारहरु सम्प्रेषण गर्ने गरेका छन् । त्यसबाट अरु समाजमा भ्रम पर्ने र सत्यबाट नागरिक टाढा हुने परिस्थिति छ । त्यो पक्ष गलत त हो नै आफ्नो कतव्र्य र निष्ठाप्रति पनि गैरजिम्मेदारपन हो । आम नागरिकप्रति विश्वासघात पनि । हुन त झुटका पुलिन्दा विषय कुनै नौलो र आश्चर्य मान्नु पर्ने छैन । तलको तथ्यबाट पनि पुष्टि हुन्छ ।

जुलाई १८ सन् १८७२ मा प्रकाशित न्यूयोर्क वलर्ड अमेरिकाका सम्वाददाता आरलेण्डरले कार्ल माक्र्ससँगको अन्तर्बाता, हेर्यौ । त्यो अन्तर्वार्ता सन् १८७१ को ईतिहास प्रशिद्ध पेरिस कम्यूनको केही महिना पछि मात्र लिइएको थियो । त्यस बेला बेलायत नै अन्तर्राष्ट्रिय श्रमिक संघ थियो । जसलाई संक्षिप्तमा प्रथम अन्तर्राष्टिय भनिन्छ । त्यति खेर फ्रेन्च अखबारहरुले “अन्तर्राष्ट्रियको डा– कार्लमाक्र्स फ्रान्स जान लाउँदा वेल्जियम्मा गिरप्तार भएका छन् ।”

“लण्डनका पुलिसहरुले उनको संगठनप्रति लामो समयदेखि आँखा लगाई रहेका थिए । अहिले दमनको लागि सक्रिय कदमहरु उठाई रहेका छन् ।” झुट समाचार प्रकाशित गरेको विषयलाई कार्लमाक्र्सले अन्तर्बार्ता लिने सम्बदातालाई यसरी जवाफ दिएका थिए । “तपाई देख्दै हुनुहुन्छ कि बेल्जियम्को जेलमा हुनु सट्टा म ईङ्लैण्डमा आफ्नो घरमा नै छु ।” अर्को कुरा तपाईलाई थाहा हुनुपर्दछ कि ईङ्लैण्डका पुलिसले अन्तर्राष्ट्रियको काममा हस्तक्षेप गर्न त्यसरी नै असमर्थ छन् ।” ति पत्रकारले कार्लमार्क्सलाई तपाईले झुटा कुराको खण्डन गर्नु भएन भन्ने प्रश्नमा कार्लमार्क्सले यसरी जवाफ दिएका छन् ।” मैले श्रमले चुर हुने हदसम्म त्यसो गरको छु ।” यो एउटा उदाहरण मात्र हो कि त्यति खेरै पनि त्यो भन्दा धेरै झुट र कपोकल्पित समचारहरु प्रकाशित हुने गेरका स्रोत सामाग्रीहरु पाउन सकिन्छ ।

भारत र नेपालको सन्दर्भमा पनि त्यो सत्य हो । भारतमा भारतीय जनता पार्टी सत्तामा आईसके पछि अधिकांश मिडियाहरु गोदी मिडियामा परिणत भएका छन् । उनीहरु सत्यतथ्य भन्दा अन्धो प्रकारले सत्ता पक्षको ढोल बजाउँदै एकोहोरो जयजयकार गर्दै आएका छन् । यदि केही निश्पक्ष वा वौद्धिक र वास्तविक समाजको चित्रण गर्ने पत्रकार र लेखकहरुको कत्लेआम हुँदै आएका घट्ना पनि लुकेका छैनन् । कोहि नजर बन्दमा राखिएको छ, निगरानीमा परेका छन् । यसको अर्थ भारतका पत्रकारहरु अपबाद छोडि राज्यसत्ता पक्षकै गुनगान र चाकडीमा अब्यस्त छन्, भन्ने पुष्टि हुँदैन र ?

यदि राज्य विपक्षमा बस्तुपरक र यथार्थ स्वतन्त्रपुर्बक सतहमा घट्नाहरु ल्याउने दुस्साहस् गरे ठुलो चुनौतीको सामाना गर्न पर्ने अबस्था उजागार हुँदै आएको छ । पत्रकारिता निश्पक्ष्य हुँदो रहेनछ र । त्यो पनि अझ पुँजिबादी समाजमा कल्पना गर्न सकिन्छ होला र ! घट्नाहरु चित्रण र प्रकाशित गर्ने सन्दर्भमा पनि ठुलो विभेद देखिन्छ । कतिपय धनाढ्य वौद्धिक र पहुँच वला सम्बन्धित घट्ने घट्नालाई राष्ट्रिय इशु बनाईन्छ, भने पहुँच विहिन गरिबहरु सम्बन्धित विभित्स घट्ना भए पनि कुनै स्पेच दिएको देखिंदैन । जस्तै भारतमा दैनिकी बलात्कारका घट्ना सयौं संख्यामा घट्ने र त्यहि प्रकारका अपराधिक कार्यहरु हुने गर्दछन्, तर राष्ट्रिय मिडियाहरु ति घट्नामा लेख्न वा वाचनमा नजरअन्दाज गर्दै आएका छन् । त्यस्को अर्थ घट्ना घट्ने तप्का पहुँच विहिन र निमुखा वा उपेक्षित छन् तर केही सामान्य किन नहोस् घट्नाहरु पहुँच वाला सम्बन्धि घट्यो भने ति लामो समयसम्म राष्ट्रिय इश्यू हुँदै आएका छन् । शक्ति सम्पन्न छन्, दवाव र प्रभावले काम गरेको हुन्छ । ठिक नेपालको सन्दर्भमा पनि सत्य हो ।

यसरी पत्रकारिता गर्न वा सत्यतथ्य न्याय समनाताको पक्षमा आवाज बुलन्द गर्ने विषय सामान्य होईन । अर्को तर्फ त्यो भन्दा गाह्रो र जटिल समनता मूलक समाजको निर्माण गर्ने तर्फ जनताहरु जागरुक गर्नु र अहिलेको पुँजिबादी र प्रश्चात्य सँस्कृति बिरुद्ध जुध्न प्रगतिशिल पत्रकारहरुलाई आफैमा चुनौतिको विषय हो । पुँजीबादले सत्यमा आधारित सामाग्री भन्दा प्रोपोगेण्डा र अतिरञ्जित तर्फ विश्वास गर्ने गर्दछ, ताकि आफ्नो कर्तुतहरुप्रति समाज अनविज्ञ भै रहोस्, सधै राज गर्न पाईयोस् । त्यसको लागि केही सुविधाका प्याकेज उपलब्ध गराउने गर्दछ । जनता सधै बफादार हुँदै जाउन्, विरोधका स्वर दवाई राख्न सकियोस् । पुजिँबादको विषेशता यहि हो ।

त्यसका विरुद्ध प्रगतिशिल पत्रकारहरुले उत्पिडित बर्गहरुको पक्षमा र समाजका घट्ना परिघट्ना सत्यको आधारमा जनताहरुमा सु–सुचित गर्दै जागरुक बनाउन ध्यान दिनु पर्दछ । गलत र झुट कपोकल्पित समचारप्रति बढि भन्दा बढि जनतालाई सजक बनाउन आफ्नो दायित्वबोध गर्न सक्नु पर्दछ । अर्को पक्ष कतिपय समाजमा घट्ने घट्नाको संवेदनशीलता र गोपनियता वा स्रोतप्रति अरु गम्भिर हुन अपरिहार्य आवाश्यकता छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार