केरलाको एर्णाकुलममा एक नेपाली युवकको निधन

जनक बिसि,

कोचिन । टाउकामा रक्तस्राव रोकिन जादा २६ वर्षका अचुत नेपालीको केरलामा दुःखद निधन भएको छ । उनी स्वदेश पर्वत जिल्ला, फलेबास नगरपालिका ६ मौला निवासी बेल बहादुर नेपालीका छोरा रहेको बताइएको छ ।

उनको टाउकामा रक्तस्राव रोकिन जाँदा वेहोस भई ढलेका थिए र एर्णाकुलम मेडिकल ट्रष्ट हस्पिटलमा तत्काल भर्ति गरिएता पनि उपचारका क्रममा १६ अक्टुवर २०२० का दिन असामयिक निधन भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले हामीलाई जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसार समाजका नगर कोषाध्यक्ष् गणेश शर्मा र नगर सचिव जनक बिसिले स्तिथिको अवस्था बुझ्नु भएको थियो । कोचिन नगरका उपलब्ध कार्यकर्ताहरु र मृतकका आफन्तजनको रोहवरमा स्थानीय शंशानघाटमा दाहासंस्कार गरिएको छ ।

एक मिनेट मौनधारण पछि रिखेन्द्र बिसिले सञ्चालन गर्नु भएको श्रद्धाञ्जली कार्यक्रममा मूल प्रवाह नगर का.वा. अध्यक्ष बावुराम केसी, नगर सचिव जनक बिसी, नगर कोषाध्यक्ष गणेश शर्मा पौडेल र मृतकका दाजु एर्णाकुलम “ए” एरियाका गोबिन्द नेपालीले शोक मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार