मलेसिया नेपाली एकता समाजद्वारा भर्चुअल प्रशिक्षण

सक्तमान बुढाथोकी, हङकङ ।

मलेसिया नेपाली एकता समाजको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । आइतबार जुममार्फत मलेसियामा रहेका नेपालीहरुलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले संगठन, अनुशासन तथा राष्ट्रिय राजनीतिमा विदेशस्थित नेपालीहरुको भूमिकाको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा हङकङ नेपाली एकता समाजका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष सक्तमान बुढाथोकीको समेतको आतिथ्यता रहेको थियो ।

मलेसिया नेपाली एकता समाजका वरिष्ठ सल्लाहकार गोबिन्द बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा समाजका महासचिव प्रेम शर्मा, कोषाध्यक्ष प्रेम कुमारी विक, सल्लाहकार केशव खनाल, सदस्य जगत रसाइलीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार