विप्लव नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर्न माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले सरकार विरुद्ध पाँच दिने संघर्षका कार्यक्रम घोषणा गर्नुभएको हो । यही कात्तिक १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुने संघर्षका कार्यक्रम अन्तर्गत कात्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुस प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ ।

सत्ताको आडमा भ्रष्टाचार गरेको र कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेर सरकारले जनताको स्वास्थ्यमा खेलवाड गरेको विप्लवले आरोप छ । वर्तमान सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको र सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको नेकपाको ठहर छ ।

विज्ञप्तिमा आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गरिनुपर्ने, कोरोना महामारीको नाममा भ्रष्टाचार र व्यापारिकरण बन्द गरिनुपर्ने र भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने लगायतका माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार