कुवेतमा नेपाली युवतीको हत्या

खुम रायमाझी, कुवेत ।

कुवेतमा एक भारतीय युवकले नेपाली युवतीको घाँटी थिचेर हत्या गरेका छन् । बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली युवतीको शव भेटिएपछि कुवेत प्रहरीले अनुसन्धान गर्दा उनको भारतीय युवकले हत्या गरेको ठहरिएको छ ।

घटना २४ अक्टोबर २०२० का दिन भएको हो।

यहाँको प्रहरीले ती युवकलाई पक्राउ गरी सोधपुछ गर्दा युवती आफ्नो प्रेमिका भएको र अर्कै केटासँग हिँडेको देखेपछि युवतीको मुखमा सिरानी कोचेर घाँटी थिची हत्या गरेको बताएका छन् ।

कुवेतको अंग्रेजी पत्रिका अरब टाइम्सका अनुसार घटनाबारे प्यारामेडिकल टिम र स्थानीय प्रहरीको टोलीले अनुसन्धानबाट उक्त तथ्य पत्ता लागेको हो । यद्यपि प्रहरीले अहिलेसम्म दुवैजनाको परिचय खुलाएको छैन ।

उक्त घटना कुवेतको मंगाफ क्षेत्रमा भएको नेपाली राजदूतावासलाई जानकारी आइसकेको भए पनि पुरा विवरण भने प्राप्त नभएको दूतावास स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार