काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत ‘रेशम फिरिरी…’ गाउँदै दसैंको शुभकामना दिएकी छन्। आफ्नो ट्विटरमा गीत गाउँदै गरेको भिडिओ राखेर उनले नेपालीहरूलाई शुभकामना दिएकी हुन्।
एक मिनेट २८ सेकेन्डको भिडिओ सेयर गर्दै उनले ट्विटरमा भनेकी छन्- मेरा सहकर्मी र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं।
उनले गीत सेयरसँगै ‘यसले सबैलाई शौभाग्य र खुसी ल्याओस् !’ भन्दै शुभकामना पनि दिएकी छन्।
https://twitter.com/PRCAmbNepal/status/1320589152304263169
















