सागर विकप्रति भावपूर्ण श्रद्धान्जली

बेंगालोर, २७ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत विभागिय मोर्चा अखिल भारत नेपाली विद्यार्थी संघ बेंगलोर दक्षिण नगर सदस्य सागर विकको दुःखद निधन भएको छ । २२ वर्षका सागरको २६ अक्टुबर २०२० का दिन तलाउमा डुबेर निधन भएको बताइएको छ । साथमा गएका दुई युवकहरुलाई भने स्थानीय प्रशासनले सोधपुछका लागि कस्टडीमा राखेको छ ।

सागरले बेंगलोरमा इन्जीनियरिंगको अन्तिम वर्षका पढाई गर्दै थिए । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय प्रतिनिधि धर्मराम विकका जेठा छोरा सागर जिल्ला बैतडी, पाटन नगरपालिका १ सकार स्थायी निवासी हुन् ।

मृतक सागरको आज २७ अक्टुबरका दिन दाहसंस्कार गरिएको छ । तत्पश्चात श्रदान्जली सभाको कार्यक्रम सम्पन्न गरिएको छ । मृतकको सम्मानमा १ मिनट मौनधारण पछि नरेश कुमार विकको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो ।

केन्द्रीय सदस्य मदन भण्डारी, दक्षिण भारत क्षेत्रीय समितिका सहसचिव रामसिंह विक, दक्षिण नगर समिति अध्यक्ष कृष्णबहादुर विक, नेपली समाचार पत्रिका बैंगलोरका रिपोर्ट धर्म पहरीले शोक मन्तव्य दिनुभएको थियो । मृतकका पिता तथा क्षेत्रीय प्रतिनिधि धर्मराम विकले घटना भएको विवरण प्रस्तुत गर्नु भएको थियो ।

यसै बीच समाजका महासचिव ठाकुर खनालले मूल प्रवाह केन्द्रीय समिति र विद्यार्थी संघको केन्द्रीय समितिको तर्फदेखि मृतकप्रति भावपूर्ण श्रद्धान्जली प्रकट गर्नुभएका छ । साथै धर्म राम विकको परिवारमा पर्न गएको दुखप्रति धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार