तारापति सापकोटा र छविलाल सापकोटा प्रति अ.ने.ए.स.द्वारा श्रद्धान्जली

नयाँ दिल्ली, २९ अक्टुबर । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य गोपाल सापकोटाका पिता तारापति सापकोटा र जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य छन्द सापकोटाका पिता छविलाल सापकोटाको दुःखद निधन प्रति अन्तर्राष्ट्रिय नेपाली एकता समाजले दुःख व्यक्त गर्नुका साथै भावपूर्ण श्रद्धान्जली व्यक्त गरेको छ ।

समाजका अध्यक्ष दुर्गा बहादुर केसीले बुधबार एक शोक वक्तव्य जारि गरि समाजको तर्फदेखि दुःख व्यक्त गर्नुभएको हो । अध्यक्ष केसीले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

वक्तव्य

“हाम्रो संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य गोपाल सापकोटाका पिता तारापति सापकोटाको ७५ वर्षको उमेरमा २०७७ कार्तिक ९ गतेका दिन र जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य छन्द सापकोटाका पिता छविलाल सापकोटाको २०७७ कार्तिक ८ गते ७७ वर्षको उमेरमा असामयीक निधन भएकोमा भावूर्ण श्रद्धान्जली व्यक्त गर्दछौं । साथै शोक सन्तप्त सापकोटा परिवारप्रति समवेदना व्यक्त गर्दछौं ।

सापकोटा परिवार बाग्लुङ जिल्ला गल्कोट निवासी भई हाल नवलपुर जिल्लाको गैंडाकोटामा रहँदै आउनु भएको छ । “

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार