हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदरावाद नगर समिति अन्तर्गत महिला नगर विभागकी अध्यक्ष गुमा राना मातृक शोकमा पर्नुभएको छ ।
गुमा रानाकी ममतामयी आमा नन्निकला थापा वर्ष ८१ को बाग्लुङ जिल्ला जैमिनी नगर पालिका ९ पैयुँथन्थाप गायडाडा स्थित आफ्नै निवास्थानमा २३ अक्टुबर अक्टोबर २०२० का दिन दुःख निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
यसै बीच रानाकी ममतामयी आमा नन्निकला थापाप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदरावाद नगर समितिले भावपूर्ण श्रद्धान्जली प्रकट गर्नुका साथै वहाँको परिवारमा पर्न गएको दुःखप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
















