ठाकुर पौडेल,
साउदी अरब ।साउदी अरब नेपाली एकता समाज को पहलमा साउदी अरबमा रोजगारी गुमाएका एक नेपालीलाई आर्थिक सहयोग गरिएको छ । समाजले धादिङको निलकण्ठ नगरपालिकाका कुमार बिस्लुकेलाई ६० हजार रुपैयाँ सहयोग गरेको हो ।
साउदी अरबको नादा कन्टेर्क कम्पनी जुबेलमा रोजगारीका लागि आएका बिस्लुकेको कम्पनीको होस्टेलमा चिप्लियर लड्दा खुट्टा भाँचिए घाइते हुनुभएको थियो । काम गर्न नसक्ने अवस्था आएपछि उहाँलाई कम्पनीले घर पठाएको छ ।
नेपाली एकता समाजका सदस्यहरु बिजय लबिङ, रमेश पुन, प्रेम नेपालीको विशेष पहलमा संकलन भएको ६० हजार रुपैयाँ बिस्कुलेलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ ।
















