धनगढी । धनगढीको एक होटलबाट ३ युवतीसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले गएराती बसपार्कस्थित न्यु बडिकेदारका सञ्चालक टेकेन्द्र बडैलासहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बेचबिखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा हान्दा तीन युवती र चार जना पुरष फेला परेका हुन् । १७, १८ र १९ वर्षीया तीन युवतीलाई उनीहरुले भारततर्फ लैजाने योजना बनाएका प्रहरीले जनाएको छ ।
धनगढीबाट तीन किलोमिटरको दूरीमा भारतीय सीमा क्षेत्र पर्छ । त्रिनगर भन्सार बाहेक कैलालीका अन्य क्षेत्रहरुबाटसमेत सहजै भारत पस्न सकिन्छ ।
पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















