दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका वडा नं ७ घुसेरीका हरिप्रसाद पोख्रेल १९ वर्षदेखि सम्पर्क बिहीन छन् ।
उनी १४ वर्षको उमेरमा २०५८ साल फागुन १४ गते घरबाट ठुली आमाको घर जान्छु भनी हिँडेका हरि सोही दिनदेखि बेपत्ता भएका हुन् । उनलाई पछिल्लो पटक नेपालगञ्जमा देखिएकोले भारततर्फ लागेको आशंका गरिएको थियो ।
साउदी अरब नेपाली एकता समाजका कोषाध्यक्ष गणेश पोख्रेलका दाजुभाउजु पुनाराम (खगेस्वर) र सिला पोख्रेलका छोरा हरिको खोजीका लागि निरन्तर प्रयास गर्दासमेत कुनै पत्तो नलागेको परिवारले बताएका छन् ।
उनको खोजीका लागि परिवारजनले सबैसँग आग्रह गरेका छन् । घर छोडेर जाँदा १४ वर्षका उनी अहिले ३३ वर्षका भए ।
हरिलाई देख्नु वा भेट्नुहुनेहरुले परिवारजनसँग सम्पर्क गराइदिन बुबाआमाले आग्रह गर्नुभएको छ । उनि कतै भेटिएमा नजिकको मूलप्रवाहको कार्यालय वा नेपालमा ००९७७(९८४७९४६८२० र ९८०३३९४२१५ मा खवर गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।
















