राष्ट्रिय जनमोर्चालाई सबैभन्दा ठूलो सहयोग एकता समाजले गरेको छ : नेपाली

नयाँ दिल्ली । नेपालको राजनीतिक इतिहाँसमा एकता समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको र गर्दै आएको राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बताउनु भएको छ । राष्ट्रिय जनमोर्चालाई सबैभन्दा ठूलो सहयोग एकता समाजले गरेको र गर्दै आएको समेत नेता नेपालीको भनाई थियो ।

नेपालीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४२ औं स्थापना दिवस समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै– “एकता समाजले आफ्नो स्थापना कालदेखि नै शोषण, दमन, अन्याय, अत्याचार एवं प्रकारले सामन्तवाद, साम्राज्यवादसँग संघर्ष गर्ने आँट आम प्रवासी नेपालीहरुमा जगायो ।” नेपालीले भन्नु भयो– “नेपालको राजनीतिक आन्दोलनलाई महत्वपूर्ण भूमिका एकता समाजको रहेको छ ।”

देशको परिवर्तनका लागि यति ठूलो आन्दोलनको शक्तिलाई देशमा राजनीति परिवर्तन भइसक्दा समेत आफ्नो मताधिकार नपाउनु अत्यन्तै दुःखद भएको नेपालीको भनाई थियो ।

समाजको केन्द्रीय समितिको आयोजनामा सम्पन्न “नेपालको राजनैतिक आन्दोलनमा भारतस्थित नेपालीहरूको भुमिका र भारतस्थित नेपालीहरूको मताधिकारको प्रश्न” अनलाईन अन्तक्र्रिया कार्यक्रममा समाजका महासचिव ठाकुर खनालले आधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

केन्द्रीय सचिव प्रेम पौडेलको सञ्चालन, उपाध्यक्ष कपिल खनालको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि सचिव इन्द्र भेटालले स्वागत मन्तव्य र कलाकार बोम सिंजापति र रेणुका कुँवरले स्वागत गित प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राम प्रकाश पुरी, प्रवक्ता ने.क.पा. (मसाल), दुर्गा बहादुर केसी, अध्यक्ष, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एवं अन्तर्राष्ट्रिय नेपाली एकता समाज, भैरव राज रेग्मी, अध्यक्ष, अखिल नेपाल किसान संघ (अफ्फा), मिना पुन, अध्यक्ष, अखिल नेपाल महिला संघ, बद्रे आलम अध्यक्ष, तराई मधेस जनवादी मोर्चा, निम बहादुर बुढाथोकी, अध्यक्ष, अखिल नेपाल जनजाति सम्मेलन, ठाकुर खनाल, महासचिव, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, धनवीर पुन, सह–सम्पादक, नेपाली समाचार साप्ताहिक, कृष्णराज पाण्डे महासचिव, अखिल नेपाल युवकसंघ, राजेश विक, सल्लाहकार, जातीय समता समाज, समिर सिंह, अखिल नेपाल बुद्धिजीवी संघ, लोकराज भुसाल, अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन, हिरासिंह चन्द, उपाध्यक्ष, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, देवबहादुर लामिछाने, उपाध्यक्ष, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, रुक बहादुर केसी, कोषाध्यक्ष, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, जनकराज पौडेल, सचिव, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अतिथि आसनग्रहण गर्नुभएको थियो ।

एकता समाजका महासचिव ठाकुर खनालद्वारा आधार पत्र प्रस्तुत गरिए पछि  रामप्रकाश पुरी, दुर्गा बहादुर केसी, भैरवराज रेग्मी, समिर सिंह लगायतले विचार राख्नु भएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर नगर समितिका रामसिंहले केन्द्रीय समितिलाई सुझाव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार