जनक राज पौडेल,
पाण्डेचेरी, नोभेम्बर ७ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा संगठनको ४२औ स्थापना दिवश भब्यरुपमा मनाइएको छ ।
नगर सदस्य चन्द्रकान्त शर्माको सञ्चालन, नर बहादुर केसीको अध्यक्षता, प्रमूख अथिति मूल प्रवाह केन्द्रीय कुलबहादुर थापा, केन्द्रीय सचिव जनक राज पौडेल, सदस्य भगवति कूवँर, दक्षिण भारत क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा, समता विभागबाट प्रेम परियार, महिला विभागबा अध्यक्ष विष्णु शर्मा रहनु भएको थियो ।
शहिदहरुको सम्मानमा, एक मिनेट मौनधारण, पछि नगर सदस्य गंगाराम शर्माले उपस्थित जनमानसलाई शब्द द्धारा स्वागत गर्नु भएको थियो ।
प्रमूख अथिति कुलबहादुर थापाले भारतस्थित मजदुरहरु, संगठितको महत्व संगठनले खेल्दै आएको भुमिका संगठित सदस्यहरुको दायित्व बारे स्पष्ट प्रकाश पार्नु भयो ।

अन्य अथितिहरुबाट पनि मूल प्रवाहको ईतिहास, स्थापना कालबाट बर्तमानसम्म संगठनको भुमिका साथै भारतस्थित नेपालीहरुलाई नेपालमा सम्पन्न हुने निर्वाचनमा सहभागी हुन पाउनु पर्ने र मताअधिकार सुनिश्चित बारे संगठनले गर्दै आएको संघर्ष लगायत विषयमा विचार प्रकट गर्नु भएको थियो ।
कार्यक्रममा जिपमेर एरिया समितिका अध्यक्ष श्रीकृष्ण खनाल, प्रेम सुवेदी, मुदलियरपेट एरिया समितिबाट सचिव रवि पौडेल, त्रिभुवनै एरिया समितिबाट खड्क बहादुर कँुवर, खगेश्वर सुनार लगायतले सफलताको शुभकामना दिनु भएको थियो ।
















