चेन्नई पूर्वमा स्थापना दिवश मनाइयो

कोटिप्रसाद पोख्रेल,
चेन्नई पुर्व,

मूल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पुर्व नगर समितिले मूल प्रवाहको ४२ औं स्थापना दिबस मनाएको छ ।

नगर समितिका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता, नगर समितिका सचिब कोटी प्रसाद पोख्रेलको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा प्रमुख अथिति दक्षिण भारत क्षेत्रीय सदस्य काशिराम शर्मा, पुर्व नगर महिला बिभाग अध्यक्ष लक्ष्मी चालिसेको अथिति आसनग्रहण ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि उपस्थित जनमानसलाई नगर समिति उपाध्यक्ष ओमकान्त शर्माले शब्दबाट स्वागत गर्नु भएको थियो ।

आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथिले एकता समाजको स्थापनाको आबस्यकता र एकता समाजको भुमिका बारे स्पष्ट पार्नु भएको थियो । समय–समयमा देखापर्ने विभिन्न खाले अबसरबादीहरुले एकता समाजलाई तहनहस पार्न खोजे पनि त्यो सम्भव नरहेको बताउनु भयो ।

महिला नेतृ चालिसेले पनि एकता समाजको एतिहाँसिक पक्ष र भूमिकाको बारेमा विचार राख्नु भएको थियो ।

कार्यक्रममा नगर समितिका कोषाध्यक्ष सुर्य प्रसाद भुसाल, नगर समितिका सह–सचिव टिका थापा, नगर सदस्य रबि अधिकारी, नगर सदस्य दयाराम विक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार