उटी निलगिरीमा ४२औं स्थापना दिवश मनाइयो

जनकराज पौडेल
निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिको आयोजनामा संगठनको ४२औं स्थापना दिवश भब्यरुपमा सम्पन्न भएको छ ।

बल बहादुर विकको सञ्चालन, टेक बहादुर विकको अध्यक्षता र क्षेत्रीय समिति सदस्य विरे थापा, क्षेत्रीय प्रतिनिधि जगत हमाल र विर्धाथी संघबाट कस्तुरी थापाको आथित्यता रहेको थियो ।

शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि उपस्थित जनमानसलाई लाल बहादुर थापाले शब्दद्धारा स्वागत गर्नु भएको थियो । रक्तिम विभागको तर्फबाट बल बहादुर विकले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
सबै बक्ताहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना र प्रवासस्थित मजदुर नेपाली विचमा खेल्दै आएको भुमिका बारे प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार