खिमराज चालिसे,
संगरुर, ०७ नोवेम्वर । भारतस्थित नेपालीहरुको गौरवमय संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४२औं स्थापना दिवस कार्यक्रम पञ्जावको संगरूर नगर समितिले भव्य रुपमा सम्पन्न पारेको छ । कोरोना महामारीको कारण अगुवा कार्यकर्ताहरु मात्र सहभागी भइ कार्यक्रम सम्पन्न गरिएको हो ।
नगर उपाध्यक्ष नारायण प्रसाद भुसालको सञ्चालनमा महिला नगर संयोजक लक्ष्मी खनालको अध्यक्षतामा सम्पन्न सभामा गंगा आचार्यले स्वागत गर्नुभएको थियो ।
सभामा मूल प्रवाहको गौरवमय इतिहास समेत समसामयिक विषयमा वोल्ने वक्ताहरुमा विन्दु जीसी, सरिता भुसाल र सरिता शर्मा लगाएत हुनुहुन्थ्यो ।
















