हेम विजी
खोई किन
फेरि उम्रियो असहमति
खोई किन
रोपियो असहमतिको बीऊ
र खोई किन
यति अग्लो भयो असहमतिको रुख !
जहाँ
भेटिनु थियो असहमति
त्यहाँ भेटिएकै थियो
जहाँ
मेटिनु थियो असहमति
त्यहाँ मेटिएकै थियो
केवल
जिब्रोको बोलीमा होईन
विधिमा सजिएर
विधानमा उभिएर
असहमति सकिएकै थियो !
अचम्मै लाग्छ
फेरी
किन यति अचाक्ली
उत्पात मच्चाउदै छ असहमतिले
अखबरका आँगनहरु
असहमतिकै अक्षरहरुले भरिन्छन्
फेसबुकका भित्ताहरु
असहमतिकै माटोले पोतिन्छन्
कारण
असहमतिकै होला
भित्र बोल्दा बोल्दै
बोलाई बाहिर सडकमा दौडिन्छ
भित्र सुन्दा सुन्दै
सुनाई बाहिर सडकमा फैलिन्छ !
ए ! असहमतिका आत्महरु
जहाँ
असहमति मेटिने गर्छ
फेरी त्यही पुगेर
असहमति मेटौला
त्यसैले अब
सहमतीको सडकमा सँगै हिडौं
सहमतिको उकालो सँगै चढौं !!
















