अर्थमन्त्री पौडेल विरुद्ध बुटवलमा कालो झण्डा प्रदर्शन

काठमाडौँ । अर्थमन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेललाई गृहनगर बुटवलमा कालो झण्डा देखाइएको छ । बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा हिँडेका मन्त्री पौडेललाई नेपाल विद्यार्थी सङ्घ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा कालो झण्डा देखाएका हुन् । मन्त्री पौडेल बुटवलबाट सैनामैनातर्फ जान लागेका थिए ।

उनीहरुले पौडेलले मन्त्रीपदसँग प्रदेशको राजधानी साटेको भन्दै उनका विरुद्ध नाराबाजीसमेत गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई हटाएको थियो ।

गत असोज १६ गते प्रदेश नम्बर–५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेपछि बुटवल र आसपासका क्षेत्रमा ब्यापक विरोध प्रदर्शन भएको थियो भने प्रदेश सभामा प्रतिपक्षी कांग्रेसले तोडफोड गरेको थियो ।

रुपन्देहीको बुटवल क्षेत्रबाट निर्वाचित नेकपाका महासचिव विष्णु पौडेलले बुटवललाई प्रदेश राजधानी बनाउने प्रतिवद्धता गरेर चुनाव जितेपनि नेकपाका अन्तरिक द्न्द्वमा पौडेलले पछि हटेका थिए । त्यसलगत्तै अर्थमन्त्री बनेका पौडेलले मन्त्रीपदसँग राजधानी साटेको भन्दै उनको आलोचना भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार