हेम बिजी,
चिदम्बरम । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संघीयता विरुद्धको आन्दोलन र संघर्षमा ऐक्यवद्धाता प्रटक गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजनमा विरोध सभा भव्य रुपमा सम्पन्न पारेको छ !
संघीयता खारेज गरियोस्, कोरोना भाइरस विरुद्ध प्रभावकारी कदम चालियोस्, भन्ने मूल नाराका साथ आयोजना गरिएको विरोध सभालाई हेम बहादुर गन्धर्वको उदघोषक, सुर्यमान गिरीको अध्यक्षताबाट अगाडि बढेको थियो ।
अथिति आसन ग्रहण पश्चात ज्ञात–अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारणा गरि अगाडि बढेको सो विरोध सभामा उपस्थित जनसमुदायहरुलाई अनलाईन मार्फत जीवन पराजुलीले स्वागत मन्तव्यका शब्दद्धारा स्वागत गर्नु भएको थियो ।
उक्त विरोध सभामा विरोध मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अथिति मूल प्रवाह क्षेत्रीय सदस्य गोकुल बहादुर गायकले संघीयता नेपाली जनताको माग नभएको साथै नेपाल जस्तो सानो र आर्थिक रुपमा विपन्न मुलुकको लागि संघीयता उचित र उपयुक्त नहुने विचार व्यक्त गर्नु भएको थियो । सो विरोध सभामा मन्तव्य राख्ने अन्य वक्ताहरुमा नगर महिला विभागबाट संगिता गन्धर्व र रक्तिम सांस्कृतिक विभागबाट क्षेस बाला कृष्णा गायक हुनु हुन्थ्यो ।
















