लक्ष्मी प्रसाद ज्ञवाली
प्रयागराज, ४ दिसंबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर भारत क्षेत्रीय समिति अंतर्गत प्रयागराज नगर समिति र कानपुर नगर समितिको सक्रियतामा २ वर्षदेखि हराएका राजू बिकलाई खोजी गर्न सफल भएको छ ।
नेपाली समाचार मासिक पत्रिकामा बच्चा हराएको सूचना २ पटक र सोशल मीडियाको माध्यमबाट बच्चाको खोजी कार्यमा समाजका जिम्मेवार साथी लागि रहनुभएको थियो ।
त्येसको आधारमा प्रयागराज नगर समितिलाई आएको सूचनाको आधारमा राजु बिक कानपुर राजकीय बाल गृह (बालक) कानपुर नगरमा भएको सूचनाको आधारमा कानपुर नगर समितिलाई संपर्क गरी नगर उपाध्याय किशन खड़का कानपुर, केबी गुरुंग सचिव कानपुर, लक्ष्मी प्रसाद ज्ञवाली प्रयागराज नगर अध्यक्ष पहलमा बालक राजु बिकलाई बाल गृहबाट छुटाई निजको बुआ मीन बहादुर बिकको साथ नेपाल घर पठाइएको छ ।
















