हैदरावाद उत्तरमा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न

तिलक राना,

हैदराबाद, ८ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैदराबाद नगर समितिद्वारा सञ्चालित उत्तर महिला विभागको आयोजनामा सम्पत्तिमा समान अधिकारको लागि संघर्ष गरौं, महिला विरुद्ध हुने भेदभाव मुलक कानुनको खारेजी गरौं । विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ कार्यक्रमको अध्यक्षता कल्पना पौडेल, सञ्चालन माया थापा र स्वागत कमला शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि आसन ग्रहण केन्द्रीय सचिव प्रेम पौडेल, केन्द्रीय सदस्य फुलबिना पौडेल, मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष राम प्रसाद पौडेल, क्षेत्रीय सदस्य मिना आचार्य क्षेत्रीय सल्लाहकार पुष्पा पौडेल, उत्तर नगर समितिका मोहनलाल शर्मा, नगर सचिव जीवन शर्मा हुनुहुन्थ्यो ।

प्रशिक्षण दिनेहरुमा केन्द्रीय सचिव प्रेम पौडेल, केन्द्रीय सदस्य फुलबिना पौडेल, क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, क्षेत्रीय सदस्य मिना आचार्य, नगर अध्यक्ष मोहनलाल शर्माले सम्पत्तिमा समान अधिकारको लागि संघर्ष गरौं, महिला विरुद्ध हुने भेदभाव मुलक कानुनको खारेजी गरौं बिषय बस्तुबाट प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा विभिन्न स्थानहरुबाट महिला सदस्यहरु सहभागी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार