वसन्त खड्का,
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाप्रति आकर्षण बढ्दै गएको छ । पाणिनीका विभिन्न वडामा स्थानीय युवाहरु राजमोमा प्रवेश गरिरहेका छन् ।
यसैक्रममा वडा नं २ दमार पातलमा पार्टी प्रवेशपछि राजमोको वार्ड समिती गठन भएको छ । रुकबहादुर घर्तिको अध्यक्षतामा ७ सदस्यीय वडा समितिको गठन भएको हो ।
दमार पातालमा आयोजित एक कार्यक्रममा राजमो नेता केयरसिंह घर्तीले पार्टी प्रवेश गर्नेहरुलाई राजमोको सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
















