राजमोको अभियानप्रति मूल प्रवाह पाण्डिचेरीको ऐक्यवद्धता

काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिले नेपालमा संघीयताको विरोध तथा गणतन्त्रको रक्षाका लागि राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अभियानप्रति ऐक्यवद्धता जनाएको छ ।

‘गणतन्त्र, राष्ट्रियता, धर्मनिपेक्षताको रक्षा गरौँ, संघीयता र भष्ट्रचारको विरुद्ध संघर्ष गरौँ’ भन्ने मूल नारा सहितको राजमोले देशब्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमप्रति ऐक्यवद्धता जनाउँदै मूल प्रवाहले पाण्डिचेरीमा सभाको आयोजना गरेको हो ।

कार्यक्रमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय समिति सचिव तथा नगर अध्यक्ष जनकराज पौडेल, केन्द्रीय सदस्य भगवति कुँवर, पार्षद सदस्य चन्द्रकान्त शर्मा, महिला विभागका विष्णु शर्मा, समता विभागबाट प्रेम परियारले सम्बोधन गर्नुभएको थियो ।

त्यस क्रममा वक्ताहरुले देशमा प्रतिगामी शक्तिहरु सलबलाई रहेको, त्यसको आधार तयार पार्न नेकपा सरकारका बेथिति, गलत कार्यशैलीले काम गरेको, भष्ट्रचार नियन्त्रण गर्न भन्दा सरकार नै भष्टचारीहरुलाई संरक्षण गर्न उद्धत रहेको र राष्ट्र, जनताका मूल मुद्दाबाट सरकार विषान्यतर हुँदै सत्ता संघर्षको आन्तारिक कलहमा फसेको आरोप लगाएका थिए ।

कार्यक्रम सफलताको शुभकामना दिनेहरुमा, खगेश्वर सुनार, भिल्लिपुरम् एरियाबाट शालिकराम शर्मा, दक्षिण टाउनबाट जनकराज शर्मा, मुदलियरपेट एरियाबाट पशुराम शर्मा, पार्वती आचार्यलगायत हुनुहुन्थ्यो ।

नगर समिति उपाध्यक्ष नरबहादुर केसीको अध्यक्षता र सदस्य जमूना शर्माको सञ्चालनमामा अघि बढेको कार्यक्रममा नगर सदस्य गंगाराम आचार्यले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार