कुलबहादुर बगालेद्धारा पुरातनवादी संस्कारको बहिस्कार

खिमराज चालिसे,

पाल्पा । नेपाली समाजमा खासगरि हिन्दुधर्मको मुल्य र मान्यताका आधारमा टिकेको मृत्यु संस्कारलाई मूल प्रवाहका केन्द्रिय सदस्य कुल बहादुर बगालेले चुनौति दिदै आफ्ना वुवाको क्रिया गरेनन् ।

पाल्पा जिल्ला रिब्दिकोट गाउँ पालीका ७ कोहोतुङ निवासी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रिय सदस्य कुल बहादुर बगालेको बुवा रिख बहादुर बगालेको गत ९ डिसेम्बर को निधन भएको थियो । त्यसपछि मृत्युपरान्त गरिने काजक्रियामा आफु भारतबाट नेपाल पुगेपनि उनले समाज सामु आफ्नो स्पष्ट मत राख्दै बुबाको क्रियाक्रमको संस्कार वहिस्कार गरी वर्तमान रुढिवादी धार्मिक संस्कारको विरुद्ध वैज्ञानिक सिद्धान्तमा आधारित मृत्यु संस्कारलाई मान्नु र आध्यात्मीकतामा आधारित सडेगलेको कुसंस्कारको अन्त्यका लागि समाजिक रुपमा नै यसप्रकारको बहिस्कार आन्दोलन चलाइ राख्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

हामीसँग कुलबहादुर बगालेले फोनमार्फत भएको कुराकानीमा वहाँले यो कार्यमा महत्वपूर्ण सहयोग समर्थन गर्ने राजमो जिल्लाध्यक्ष विशाल दर्लामी तथा सम्पुर्ण जिल्लावासी राजमोका कार्यकर्ताहरु, इष्टमित्र छरछिमेकीहरु र यो गौरवमय वाटो हिड्न सिकाउने मूल प्रवाह संगठन र सहयोगी कार्यकर्ताहरुप्रति हार्दिक धन्यवाद दिनु भएको छ ।

कुल बहादुर बगालेको उपरोक्त कार्यलै समाजमा प्रगतिशील विचार र अग्रगमनका लागि सकारात्मक संदेश दिइरहेको महशुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार