धर्मराज शर्मा,
कोट्टयाम, केरला । राष्ट्रिय जनमोर्चाको आयोजनामा सञ्चालित “गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको बिरुद्व संघर्ष गरौं” भन्ने मुल नारा सहितको संघर्षको कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा सम्पन्न भएको छ ।
मूल प्रवाह नगर समितिका शेर बहादुर बिकको अध्यक्षता र खुमा देबि शर्माको सञ्चालनबाट अगाडि बडेको थियो । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका चोबनाथ शर्माको प्रमुख आतित्थ्यता रहेको थियो ।
क्षेत्रीय समितिका भद्र बहादुर थापा, सल्लाहकार तथा नगर समितिका अध्यक्ष धर्मराज शर्मा, नगर महिला बिभाग कि धन कुमारी केसी, रक्तिम साँस्कृतिक परिवारका ईन्चार्ज टिकाराम सुवेदीहरुको अतिथि आसन ग्रहण पछि ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात् एकराज पौडेलले उपस्थित जनसमुदायहरुलाई शब्दबाट स्वागत मन्तब्य दिनुभएको थियो ।
क्षेत्रीय समितिका भद्र बहादुर थापा, चोबनाथ शर्मा, क्षेत्रीय सल्लाहकार तथा नगर अध्यक्ष धर्मराज शर्मा लगायतले गणतन्त्र राष्ट्रियता धर्मनिरपेक्षताको रक्षाको आन्दोलनप्रति ऐक्यबद्वता जनाउनुभएको थियो ।
नगर समितिका कृष्ण प्रसाद शर्मा, मनोज जिसि, हरि प्रसाद पौडेल, महिला बिभाग कि बालिका देबि शर्मा, धन कुमारी केसी, लक्ष्मी पौडेल लगायतले पनि मन्तव्य दिनुभएको थियो ।
















