प्रयागराज नगर समितिद्वारा आर्थिक सहयोग

लक्ष्मी प्रसाद ज्ञवाली

प्रयागराज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अभिभावकको भूमिका निर्वाह गर्दै ब्रेनट्युमर मरिजलाई इल्लाहवाद प्रयागराज नगर समितिले रु. १५ हजार आर्थिक सहयोग गरेको छ ।

स्वर्गीय रन बहादुर थापाकी छोरी माया थापालाई गंभीर बीमारी ब्रेन ट्यूमर भएको कारणले अप्रेशन गर्नको लागि आर्थिक मद्तको आव्हान मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिलाई आएको थियो । त्यसको आधारमा वहाँहरुको आर्थिक अवस्थालाई मध्यनजर गरि उत्तर भारत क्षेत्रीय समितिका अध्यक्ष राम प्रसाद वस्याल र प्रयागराज नगर समितिका पदाधिकारीहरुको पहलमा सो १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

इल्लाहवाद तथा प्रयागराजमा अलपत्र परेका तथा आपत विपतमा परहेका श्रमिक नेपालीहरुलाई नगर समिति इल्लाहवाद प्रयागराजले लगातार विभिन्न स्तरबाट सहयोग पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार