श्रीमानको मृत्यु पछिको सेतो पोशाक बहिष्कार गरौं–सिंजांली

खिमराज चालिसे,

पाल्पा । नेपाली हिन्दुवादी समाजमा श्रीमानको मृत्यु पश्चात् श्रीमतीहरुले लगाउने सेतो पोशाकलाई बहिष्कार गर्नु पर्ने अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य नरमती सिंजालीले वोल्नु भएको छ । सिंजालीले समाजमा अबदेखि रङ्गीन पोशाक लगाउनु पर्ने भन्दै मृतक रिख बहादुर बगालेको श्रीमतीलाई रातो टिका लगाएर रातो दोसल्ला ओढाएर सम्मान गर्दै सो अभिव्यक्ति दिनुभएको हो ।

“वहाँले विद्यमान समाजमा श्रीमानको मृत्यु पछि महिलाहरुले कैयौं प्रकारका समस्या झेल्नु पर्ने यहाँसम्म कि लगाउने पोशाक समेत किटान गरि सेतो पोशाक लगाउनु पर्छ ।” सिंजालीले भन्नु भयो– “श्रीमतीको मृत्यु हुँदा श्रीमानले कुनै समस्या बेहोर्नु नपर्ने यसप्रकारको संस्कारलाई बहिष्कार गर्नु पर्छ ।”

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय सदस्य कुल बहादुर बगालेको बुबा स्व. रिख बहादुर बगालेको १२ औं दिनको दिन आयोजित श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

कार्यक्रममा सर्वप्रथम स्व. बुबा रिख बहादुर बगालेप्रति एक मिनेट मौनधारण गरि अगाडि बढेको उक्त सभामा कुल बहादुर बगालेले सञ्चालन गरि गाउँ छिमेकबाट दाजुभाइ लगायत राजमो केन्द्रीय सदस्य सोम कुमार कार्की, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य श्रीमती नरमती सिंजाली, वार्ड नम्बर ७ बाट जनप्रतिनिधि राम बहादुर राना, वार्ड नम्बर ८ बाट डिल बहादुर लाम्टागे र हेम बहादुर बगाले लगायत सयौं भद्र भलाद्मी व्यक्तिहरुले रिख बहादुर बगालेप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार