प्रचण्ड-नेपालप्रति ओलीको कटाक्ष : पिलो निचोरेर फाल्दैमा तौल घट्दैन

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहलाई ‘पिलो’ को संज्ञा दिनुभएको छ ।

मंगलबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले ‘पिलो निचोरेर फाल्दैमा तौल नघट्ने’ बताउनुभएको हो ।

‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो ।

महाधिवेशन आयोजक समिति प्रस्ताव

प्रधानमन्त्री ओलीले बैठकमा १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गर्नुभएको छ । नेकपाको केन्द्रीय कमिटीमा ४४६ जना छन् । त्यसमा तत्काल ५५६ जना थप गरी र बाँकी १९७ जना थप गर्न सक्नेगरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरिएको हो ।

पार्टी प्रवक्तमा ज्ञवाली

बैठकले स्थायी समिति सदस्य प्रदीप ज्ञवालीलाइ पार्टी प्रवक्ता तोकेको छ । परराष्ट्र मन्त्री समेत रहेका ज्ञवाली यसअघि नेकपा (एमाले) को प्रवक्ता हुनुहन्थ्यो ।

पार्टीको प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठले पार्टी हितविपरित काम गरेको दाबी गर्दै श्रेष्ठलाई हटाई ज्ञवालीलाई प्रवक्ता तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार