हराएकी युवतीको खोजी कार्यमा सहयोग गर्न आग्रह

खिमराज चालिसे,

चण्डीगढ । भारतको पन्जाब राज्यको मोगाबाट हराएकी २४ वर्षीय युवती शुशीला परियारको खोजतलास कार्यमा सहयोग गरिदिन आग्रह गर्दै शुशीला परियारका पति मोहन परियारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लुधियाना नगर समितिलार्इ निवेदन दिँदै आग्रह गरेका छन् ।

प्युठान जिल्ला ऐरावती गाउँपालिका–६ बिजुली मढाई घर भई भारतको पन्जाब राज्यको मोगामा परिवारसहित बसोबास गर्दै आइरहेका मोहन परियारकी पत्नी शुशीला परियार यही डिसेम्बर १९ देखि हराएकाले निज महिलाको खोजीकार्यमा सहयोग गर्न परिवारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियानालालाई आग्रह गरिएको क्षेत्रीय सदस्य रामचन्द्र पौडयालले जानकारी दिएका छन् ।

करिब ५ फुट उचाइ र गहुँगोरो वर्ण भएकी शुशीलालाई फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यालय वा मोहन परियारको भारतमा सम्पर्क ९१–९५९२८६४ ७९५ मा खबर गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार