तिलक राना,
हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तरगत महिला तथा विद्यार्थी विभागको भेला सम्पन्न भएको छ ।
भेला चन्द्रा परियारको अध्यक्षता पुष्पा पौडेलको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रममा मूल प्रवाह केन्द्रिय सचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यता र केन्द्रिय सदस्य रामप्रसाद आचार्य, खिम बहादुर बिक, क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेल, क्षेत्रीय सदस्य भिम बहादुर थापा, केन्द्रिय प्रतिनिधि के रतन सिंह, विद्यार्थी केन्द्रीय समितिका तेजेन्द्र शर्मा, रन बहादुर पौडेल, पूर्व क्षेत्रीय अध्यक्ष प्रेम केसीले आतित्थ्यता गर्नु भएको थियो ।
प्रमुख अतिथि प्रेम पौडेलले दीप प्रज्वलित गरि तालिको गडगड़ाहटका साथ भेलाको उद्घाटन गर्नुभएको थियो । नयाँ समितिको घोषणा केन्द्रीय प्रतिनिधि के रतन सिंहले गर्नु भएको थियो ।
क्षेत्रीय महिला विभाग,
अध्यक्ष– माया थापा, सचिव– पुष्पा पौडेल, कोषाध्यक्ष– गुमा राना, सदस्यहरुमा क्रमसः कल्पना पौडेल, गंगा कडायत, चन्द्रा परियार, संझना दुलाल, मधु ढकाल, सविता पौडेल, इस्वरा पौडेल, तुलसी क्षेत्री, जुना थापा, देवी शर्मा, मीना पुन, लक्ष्मी जीसी, तारा देवी थापा, हीरा पौडेल, सीता थापा, देवु केसी, र कमला शर्मा रहनु भएको छ ।

क्षेत्रीय विद्यार्थि विभाग
अध्यक्ष– विक्रम केसी, उपाध्यक्ष– प्रकाश पौडेल, सचिव– अर्जुन आचार्य, सहसचिव– सागर क्षेत्री, कोषाध्यक्ष– हिमाल पौडेल, सदस्यहरुमा क्रमसः कुसुम क्षेत्री, पिंकी क्षेत्री, अश्मिता शर्मा, प्रियांका विक, दीपक थापा, समीर दुलाल, ममता कडायत, कमाल थापा, शर्मीला थापा, चन्द्रकुमार विक, रोहित बहादुर, सोनिया शर्मा, दिलीप क्षेत्री, प्रकाश थापा, मितु गुरुङ, प्रकाश थापा, शेखर क्षेत्री र सूरज गौतम रहनु भएको छ ।
















