पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार रायमाझी शोकमा

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सल्लाहकार कमल रायमाझी शोकमा पर्नु भएको छ । रायमाझीको ७२ वर्षीय ससुरा निम बहादुर केसीको २९ डिसेम्बर २०२० का दिन दुखद निधन भएको छ ।

निम बहादुर केसी अखिल नेपाल महिला संघ जिल्ला सदस्य आर्घाखाँची तथा राजमो भूमिकास्थान सदस्य सुन्दरा रायमाझी बुवाको बुवा हुनुहुन्छ ।

वहाँको दुखद निधनले सिंगो केसी एवं रायमाझी परिवारमा दुःखमा परेको छ । वहाँको दुःखद निधनले शोक सन्तप्त केसी एवं रायमाझी परिवारप्रति धैर्यधारणको कामना प्रकट गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली प्रकट गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार