हैदरावादमा मूल प्रवाहले क्षतिपूर्ति दिलायो

हैदराबाद । सडक दुर्घटनामा ज्यान गुमाएका सन्त बहादुर सिंजालीको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले क्षेतिपुर्ती दिलाएको छ ।

पाल्पा पूर्बखोला गाउँपालिका ६ घर भै हाल हैदराबाद महानगरपालिका अन्तर्गत चैतन्यपुरीमा अबस्थित अमरावती होटल एण्ड रेस्टुरेण्टमा कार्यरत बर्ष ४० का सन्त बहादुर सिंजाली डिउटीबाट आफ्नो कोठातिर जान पैदल जाँदै गर्दासुपर्जा अस्पतालको एम्बुलेसले ठक्कर दिंदा निजको घटना स्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण हैदराबाद नगर समिति अन्तर्गत आटोनगर यल्बिनगर एरिया समितिका सदस्य राम प्रसाद पन्थलाई प्राप्त भएपछी वहाँले समाजका केन्द्रीय सचिब प्रेम पौडेल, मध्य दक्षिण क्षेत्रीय सदस्य के. रतन सिंह र क्षेत्रीय सदस्य कृष्ण बहादुर थापालाई जानाकारी गराउनु भएको थियो ।

उक्त घटनाको जानाकारी पाउनासाथ केन्द्रीय सचिब प्रेम पौडेल, क्षेत्रीय सदस्य के. रतन सिंह, क्षेत्रीय सदस्य कृष्ण बहादुर थापा र रामप्रसाद पन्थ सहितको टोली तुरुन्तै घटना स्थलमा पुगेको थियो ।

उक्त अस्पतालको मेनेजमेन्टसँग लामो बार्ता पछि क्षतिपुर्ती निश्चित नभएसम्म मृतकको शव नबुझ्ने अडान प्रतिनिधि मण्डलले लिएको थियो । दुई दिनसम्म अस्पताल प्रशासन र पुलिस प्रशासनसँगको लगातार वार्ता पश्चात् मृतकका परिवारलाई ३ लाख १५ हजार क्षेतिपुर्ती दिने र बाँकी एम्बुलेन्सको इन्सुरेन्स भएकोले इन्सुरेन्सको लागि मुद्धा लड्ने सहमती भएको थियो ।

यहि ९ जनबरी २०२१ का दिन इन्सुरेन्समा पच्चिस लाखको डिमाण्ड सहितको मुद्धा दायर गर्न वकिल समेतको ब्यबस्था मिलाई १० जनवरी २०२१ का दिन १९ बर्षिय छोरा संजु सिंजालीलाई उक्त रकम हस्तान्त्रण गरिएको छ । काजकृया गरि फर्कने गरि सुनौलीसम्म बसको समेत ब्यबस्था समाजको पहलमा गरिएको थियो । र वहाँहरु कै आफन्त कमल दर्लामीको जिम्मा लगाएर स्वदेश पठाइएको हामीलाई केन्द्रीय सचिव प्रेम पौडेलले जानकारी दिनुभएको छ ।

स्मरण रहोस : उक्त मुद्धामा अस्पताल प्रशासनले पुलिस प्रशासनलाई पैसामा किनेर पिडितहरुलाई धम्क्याउने र क्षेतिपुर्ती बिना नेपाल फिर्ता पठाउनेसम्मको षड्यन्त्र गरेको संगठनका नेता कार्यकर्ताहरुले थाहा पाएका थिए । मूल प्रवाहका प्रतिनिधि मण्डलले तत्काल क्षेतिपुर्ती र इन्सुरेन्सको मुद्धा समेत आफ्नै माताहाहमा गर्ने चट्टानी अडान लिएपछी अनन्तः उनीहरु झुक्न बाध्य भएका थिए ।

मूल प्रवाहले मृतकको परिवारलाई क्षेतीपुर्ती र अन्य सहयोगमा खेलेको भूमिकाबाट पिडित पक्ष अत्यन्तै प्रभावित भएका थिए । यो सराहनीय कार्यबाट प्रभावित भई मृतकका सम्पूर्ण आफन्तहरु नेपालमा राष्ट्रिय जनमोर्चामा संगठित हुने वचनबद्धता गरेका थिए । साथै उनीहरुले मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय समितिलाई आभार सहित धन्यबाद दिएका थिए ।

घटना ४ जनबरी २०२१ को साँझ ८ः३० बजे घटेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार