लुधियान फोकलमा एरिया समिति गठन

खिमराज चालिसे,
लुधियाना, १४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समिति अन्तर्गत सनिवामा एरिया समिति गठन गरिएको छ ।

नगर सचिव अर्जुन कार्की र नगर कोषाध्यक्ष धनप्रसाद अधिकारीको पहल तथा क्षेत्रीय सदस्य उदैसिंह चंदको विषेश उपस्थितिमा १० जनवरीको दिन सम्पन्न भेलाले मूल प्रवाहको ऐतिहासिक पृष्ठभूमि तथा विभिन्न समसामयिक विषयमा व्यापक छलफल गरिएको थियो ।

तत्पश्चात भोजराज शर्माको अध्यक्षतामा ११ सदस्यिय एरिया समिति निर्माण गरिएको छ । जस्माः उपाध्यक्ष– अस्मिता थापा, सचिव– बसन्ती थापा, सहसचिव– इन्द्रा केसी, कोषाध्यक्ष– कल्पना शर्मा र सदस्यहरु क्रमश दिवा शर्मा, केशव पाठक, राकेश थापा, हेम मलासी, लम्मी मलासी, केशव पांन्डे लगाएत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार