माओविचार धाराको हामी रक्षा कवज बनौ

जुना चालीसे (चंडिगढ)

१२८ औं माओ दिवसलाई शुभकामना।
माओ विचारधारालाई शुभकामना।।
संसारभरको यो मुक्ती आन्दोलनका यात्रीलाई ।
सर्वहारा वर्गका हितमा लडाइका योद्धालाई।।

कहिल्लै झुक्दै नझुक्ने रक्तीम शुभकामना मेरो ।
वर्गिय लडाइमा विजयको शुभकामना मेरो ।।
अवसरवाद विरुद्धको लडाइ जित्नु तिमीले ।
उदारवाद विरुद्ध सधै संघर्ष गर तिमिले ।।

माओको नाममा विकृती फैलाउनेहरु सावधान ।
आधार विना जनयुद्ध गर्छौ भन्नेहरु सावधान ।।
जनताको भर्याङ्ग वनाइ सत्ता खाने हो सावधान ।
देश वेच्न चाहाने राष्टघातीहरु हो सावधान ।।

आधार इलाका तैयार एकदिन पक्कै हुने छ ।
रक्षाकवचको विउ पुन प्रफुलित नै हुनेछ ।।
निराशा होइन आशाको दिप यहा चम्किदै छ ।
हर वस्ती गल्ली जगाउँदै अब जुर्मुराउने छ ।।

गणतन्त्र, राष्ट्रियताको रक्षार्थ उठौ जुटौं ।
धर्म निरपेक्षताको वुलन्द आवाज हामी बनौं ।।
संघीयता र भष्ट्राचारको अब त चिहान खनौं ।
लौ माओविचार धाराको हामी रक्षा कवज बनौं ।

(उपरोक्त कविता १२८ औ माओदिवशको सन्दर्भमा चंडिगढको समारोहमा रचइता जुना चालीसेद्धारा प्रस्तुत गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार