मूल प्रवाह प्रयागराजका संस्थापक विष्णुप्रसाद पोखरेलको विदाई

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराज नगर समितिले समितिका संस्थापक विष्णुप्रसाद पोखरेलको विदाई गरेको छ । आइतबार मूल प्रवाहले एक कार्याक्रमको आयोजना गरी नेता पोखरेललाई विदाई गरेको हो ।

रुपन्देहीको तिलोत्तमाका पोखरेल मूल प्रवाह प्रयागराजको नगर अध्यक्षसहित विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको थियो ।

मूल प्रवाह प्रयागराजले ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरुद्ध संघर्ष गरौँ, ओलीको असंवैधानिक कदमको विरोध गरौँ’ भन्ने नारासहित विरोध सभाको आयोजना गरेको थियो ।

कार्यक्रममा उत्तर भारत क्षेत्रीय समिति अध्यक्ष रामप्रसाद बश्याल, क्षेत्रीय कोषाध्यक्ष खीमानन्द न्यौपाने, महिला नगर विभाग प्रयागराजकी अध्यक्ष पम्फा न्यौपाने, रक्तिम विभाग संयोजक गोमा थापा, नगर उपाध्यक्ष सविता शर्मा, धर्मसमाज अध्यक्ष गोपालमणी काफ्ले, कोषाध्यक्ष, दामोदर भट्टराई, महामन्त्री प्रेम थापालगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

नगर समितिका अध्यक्ष लक्ष्मीप्रसाद ज्ञवालीको अध्यक्षता तथा सचिव राजू अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा दुर्गाप्रसाद न्यौपाने स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार