जालन्धरमा टोल समिति गठन

खिमराज चालिसे

जालन्धर, ८ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समिति अन्तर्गत बस्ती बावाखेल स्थित कच्चाकोटमा नगर सहसचिव तिलबहादुर थापाको पहल तथा केन्द्रीय सदस्य कुल बहादुर बगालेको विषेश उपस्थितिमा टोल समिति गठन गरिएको छ ।

कार्यक्रममा भारतस्थित नेपालीहरुको अबस्था तथा उनीहरुका समसामयिक समस्याहरु र मूलप्रवाहको विधानबारे व्यापक छलफल गरि ११ सदस्यिय टोल समितिको गठन गरिएको हो ।

नवनिर्मित कच्चाकोट टोल समितिको अध्यक्ष लाल बहादुर थापा, उपाध्यक्ष भिम बहादुर आले, सचिव प्रदीप आले, सहसचिव राधीका घर्ती, कोषाध्यक्ष बसन्ती आले र सदस्यहरुमा सपना सोमै, बिमला आले, रिख बहादुर थापा, करन बगाले, अकाश थापा र खिम बहादुर सोमै रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार