निल बहादुर जिएम पितृ शोकमा

भोपाल । ढिलो गरि प्राप्त समाचार अनुसार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य भारत क्षेत्रीय समितिका सदस्य निल बहादुर जिएम पितृ शोकमा पर्नुभएको छ ।

स्वर्गद्वारी नगरपालिका तापा ७ प्युठान निवासी जिएमका ९१ वर्षीय बुवा स्व श्री तुल बहादुर जिएमको १७ जनवरी २०२१ का दिन दुःखद निधन भएको थियो ।

क्षेत्रीय अध्यक्ष केवी खड्काले फेसबुक मार्फत जिएमको निधनले सिंगो मध्य भारत क्षेत्रीय समितिलाई मर्माहत पारेको बताउनु भएको छ । साथै यस दुःखद घडीमा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रद्धांजलि अर्पन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार