एलुरु नगर समितिद्वारा दाहसंस्कार

राजकुमार रायमाझी,

एलुरु । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एलुरु नगर समितिले भक्त बहादुर कार्कीको अन्तिम संस्कार गरेको छ । अन्तिम संस्कारकारको समयमा मृतकका आफन्तजनको उपस्थिति थियो । ढिलो गरि प्राप्त समाचार अनुसार कार्कीको अन्तिम संस्कार १९ जनवरी २०२१ का दिन गरिएको थियो ।

रिब्दिकोट गाउँपालीका ७ साविकको पालुङ्ग मैनादी गा.वि.स. ६ डबका पाल्पा घर भई विगत लामो समयदेखि भारतको आन्ध्रा प्रदेशस्थित पश्चिमी गोदावरी जिल्ला तन्कुमा साइलो छोरा ज्ञान बहादुर कार्कीसँग बस्दै आएका कार्कीको हृदयघातका कारण निधन भएको थियो ।

मृत्यु पश्चात वहाँको छोरा ज्ञान बहादुर कार्कीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एलुरू नगर समिति र आफन्तजनहरुलाई सम्पर्क गरे पछि सम्पुर्ण मूल प्रवाहका सदस्यहरु र आफन्तजनको उपस्थितिमा स्व. भक्तबहादुर कार्कीको अन्तिम दाहसंस्कार तन्कु संसान घाटमा गरिएको थियो ।

शान्ता पुनको दाहसंस्कार :

प्यूठान जिल्ला मालारानी गाउँपालीका वार्ड नं १, साविकको चुजाँ गा.वि.स. वार्ड नं ४ सोलिथुम गइराबारी स्थायी घर भइ हाल भारतको आन्ध्रा पर्देश पश्चिम गोदावरी जिल्लाको जाजलकुण्डामा बिगत केही समय अगाडिदेखि कर्मथलो बनाउँदै आउनुभएको बिर बहादुर पुनको बुहारी, दुर्गा बहादुर पुनको श्रीमती बर्ष ३९ की शान्ता पुन ४/५ दिनदेखि सामान्य बिमारी हुनुहुन्थ्यो ।

नजिकैको क्लिनिकमा चेकजाँच गरी औषधी सेवन गर्दै आउनु भएको र ११ जनवरी २०२१ दिन राति करिब ९ बजे तिर एक्कासी बेहोस् भएपछि वहाँलाई तत्काल एम्बुलेन्समा राखी एलुरू जिल्ला अस्पतालमा लगिएको र डाक्टरहरुले चेकजाँच गर्दा वहाँको हृदयाघातका कारण मृत्यु भएको घोषणा गरेको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एलुरू नगर समितिले वहाँको आफन्तजन र श्रीमान दुर्गा बहादुर पुनको रोहबरमा १२ जनवरी २०२१ का दिन जाजलकुन्डा संसानघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो । वहाँ समाजसेवी, इमान्दार र शाहसी महिला हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार