सुदूरपश्चीमोत्तर क्षेत्रमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी

खिमराज चालिसे,

चंडिगढ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागले आगामी ८ मार्चमा महिलाहरुको महान पर्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी गरेको छ । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रका नगरहरुको आयोजनामा क्षेत्रभरी नै कार्यक्रम गर्न महिलाहरु सक्रियतापूर्वक तयारी गरिरहेका मूल प्रवाहले जनाएको छ ।

गास, बास र कपासको समस्याहरुको कारण विदेश पसेका महिलाहरु प्रवासमा पनि सचेत र संगठित हुँदै आइरहेका छन् । महिलाहरुले महिला दिवसको ऐतिहासिक महत्वलाई वर्ग संघर्षसँग जोड्ने प्रयासस्वरुप मूल प्रवाहको व्यानरमुनि प्रगतिशील रुपमा मनाउने प्रचलन रहेको छ।

चंडिगढ
सुदूरपश्चीमोत्तर क्षेत्रको चंडिगढमा मूल प्रवाह महिला नगर विभागको आयोजनामा सेक्टर २० हाउस नम्वर २००१ को भवनमा दिउँसो २ः३० देखि १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमको आयोजना गरिएको छ । उक्त दिन नगर समितिका कार्यकर्ताको पनि विदाइ समारोह राखिएको नगर अध्यक्ष मानबहादुर केसीले बताउनु भएको छ ।

हिसार
हिसारमा पनि मूल प्रवाह महिला नगर विभागको आयोजनामा कुमार धर्मशालामा दिउँसो १ बजे देखि महिला दिवसको कार्यक्रम आयोजना गरिएको नगर सचिव तारा सोमारेले जानकारी दिनुभएको छ । कार्यक्रममा कुर्सी दौड, लगाएतका खेलकूद कार्यक्रम तथा ४१औं नगर स्थापना दिवसमा भाग लिएका कलाकारहरुलाई सम्मान गरिनेछ ।

जालन्धर
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग जालन्धरको आयोजनामा श्रमिक दिवस ८ मार्चलाई आमसभा गरि साँझ ६ देखि नगर कार्यालय बस्तीबाबा खेल जालन्धरमा कार्यक्रम मनाउने जानकारी केन्द्रीय सदस्य कुलबहादुर बगालेले गराउनु भएको छ ।

रोपड
रोपडमा महिला दिवसको कार्यक्रम नुहु कलोनी टाइप १ को कम्युनिटी सेन्टरमा साझ ५ बजेपछि आमसभा गरि कार्यक्रम सम्पन्न गरिने जानकारी क्षेत्रीय सदस्य छविलाल सापकोटाले बताउनु भएको छ ।

श्रीगंगानगर
श्रीगंगानगरमा महिला नगर विभागको आयोजनामा नेहरु पार्कमा दिउँसो १ बजेदेखि आमसभा गरि १११औँ श्रमिक महिला दिवस मनाउने जानकारी केन्द्रीय सदस्य त्रिभुवन भट्टराईले दिनुभएको छ ।

संगरुर
संगरूरमा महिला नगर विभागको आयोजनामा बनसुरवाग संगरुरमा दिउँसो २ बजेदेखि आमसभा गरि १११ औँ श्रमिक महिला दिवस मनाउने जानकारी महिला नगर संयोजक लक्ष्मी खनालले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार