चेलीको वेदना

जुना चालिसे, चंडिगढ

सुनाउँछु आज चेलीको व्यथा हजुरको अगाडि ।
ए आमा ! तिमीले जन्म त दियौ, भैयो झन् अभागी ।।
बचायौ आमा मार्ने जो कुरा चल्दैथ्यो नि गर्भमा ।
सयौं कसम खाइ हुर्कायौ आमा राखेर गर्भमा ।।

पहिलो आवाज आयो आमा बाबालाई पर्या पिर ।
समाजको संरचनाले पार्नु पार्यो आमालाई पिर ।।
म तिम्रो आमा मुटुको धडकन तिमीसँग बाधिएँ ।
सयौं सपना देखेकी थिएँ बाल्यपन मै मासिए ।।

न फूल्न दिए न फल्न दिए कठै चुँडेर आँकुरा ।
व्यवस्था खराब, संस्कार खराब, म कहाँ भागुँ र ??
संघर्ष गर्न आँट त गर्छु तर हात खुट्टा बाँधिए ।
यो सृष्टी क्यारी बच्ला र चेली दिन दिनै मासिए ??

पीडा र दुःख बेदना लाखौं सहन्छन् नारीले ।
दिन दिनै हत्या बलत्कार क्यारी सहने नारीले ??
खुलेर बाँच्न पाए ता हामी केही गरी देखाउँछौं ।
धेरै भो पीडा, धेरै भो दमन, मिलेर हटाउँछौं ।।

यो संस्कारविरुद्ध नारी उठ्दै, अब जुट्दै छौं ।
कसैको बन्दनमा पर्दैनौं अब, अन्धकार हटाउँछौं ।।
सहियो पीडा, सहियो दमन, सहेर अत्याचार ।
छोरी हुन् केही गर्दैनन् भनी न हेप बारम्बार।।

निस्किन किन दिँदैनौ आवाज सजिलै दबाउँछौ ?
बुलन्द आवाज गरेरै अब लगाम लगाउँछौं ।।
किन हो बोल्ने, कता हो हिँड्ने, सोधेको सोधै छौ ।
पोल न बरू आगोले एकसाथ बोलीले पोल्दै छौ ।।

पृथ्वी बनी सहने हामीले कुल्चेको र थुकेको ।
कसलाई के थाह पीडाले रुँदा यो घाँटी सुकेको ।।
धेरै भो पीडा, सहन हामीले सक्तैनौ जस्तो छ ।
भन न नारी एउटालाई हो की, सबैलाई एस्तो छ ??

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार