एमाले र माओवादी केन्द्र व्यूँतियो

काठमाडौं । तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मान्यता नपाएसँगै पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादको निरुपण गरेको फैसलामा आइतबार साविक दुवै दल कायम गरिदिएको हो । नेकपा नाम भने ऋषिराम कट्टेलले पाउनुभएको छ ।

सर्वोच्चको फैसलाको बुँदा नं २६ मा ‘साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनीनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने’ उल्लेख छ।

अदालतले भनेको छ, ‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार