पूर्व नेकपाको फुटले अस्थिर अन्यौलको वातावरण बन्यो : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेकपाभित्रको फुटका कारण थप अस्थिरता र अन्यौलको वातावरण उत्पन्न भएको बताएको छ ।

सर्वोच्च अदालतको फैसलापछि नेकपाको वैधानिक अस्तित्व समाप्त भएको भन्दै मसालले नेकपाभित्रको फुटका कारणले संसदमा कुनै दलको बहुमत नरहेको र संसदमा गम्भीर प्रकारको अस्थिर र अन्योलको वातावरण तयार भएको बताएको छ ।

महामन्त्री मोहनविक्रम सिंहले आइतबार वक्तव्य प्रकाशित गरी यस्तो स्थितिमा एकातिर, देशभित्र प्रतिगामी शक्तिहरु र, अर्कातिर विदेशी साम्राज्यवादी शक्तिहरूको चलखेल बढ्ने सम्भावना बढेर गएको बताउनुभएको छ । त्यसको परिणामस्वरुप देशमा गम्भीर प्रकारको संवैधानिक र राजनीतिक संकट उत्पन्न हुने, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामा समेत आँच पुग्ने सम्भावना देखा परेको मसालको ठहर छ ।

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2021/03/Statement-2077-11-23.pdf” title=”Statement 2077-11-23″]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार