कोटी प्रसाद पोख्रेल
चेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नपाली एकता समाज चेन्नई पूर्व नगर समितिको आयोजनामा १११औं महिला श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न पारिएको छ ।
कार्यक्रम लक्ष्मी चालिसेको सञ्चालन कमला अधिकारीको अध्यक्षताबाट अगाडि बढेको थियो । क्षेत्रीय समितिका सदस्य काशीराम शर्मा, क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष चन्द्र बहादुर थापा, नगर सचिव कोटी प्रसाद पोख्रेल, नगर सदस्य लक्ष्मण चालिसे, नगर सदस्य टीका थापाको आतित्थ्यता रहेको थियो । उपस्थित जनसमुदायलाई सन्तु बोहोराले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमा क्षेत्रीय सदस्य कशिराम शर्माले महिला दिवसको बारेमा विचार राख्नुभएको थियो । त्यस्तै कोटी प्रसाद पोखरेल, लक्ष्मण चालिसे, टीका थापाले महिला अधिकार र वर्तमान अवस्थामा महिलाहरुले भोग्दै आएका समस्याका बारेमा विचार राख्नु भएको थियो ।
















