साईप्रस । साईप्रस नेपाली एकता समाजले अवैतनिक वाणिज्य दूतावास निकोसियालाई ज्ञापन पत्र बुझाएको छ । सोमबार समाजका अध्यक्ष देवेन थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले साइप्रसस्थित नेपालीहरुको समस्याबारे जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
उपाध्यक्ष चन्द्रबहादुर ओली र कविता पाख्रिन, सदस्य ईश्वरबहादुर घर्ती, छविका मगरसहितको टोलिले साईप्रसस्थित नेपालीको समस्याका बारेमा अवैतनिक वाणिज्य राजदूत डा. रामजीवन पन्जियारसँग छलफल भएको समाजकी उपाध्यक्ष कविता पाख्रिनले जानकारी दिनुभयो ।
अवैतनिक वाणिज्य दूतावासलाई साईप्रसस्थित सम्पूर्ण सरोकारवाला, नेपाली संघ संस्थाहरुको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गर्न समेत समाजले आग्रह छ ।
प्रस्तुत छ ज्ञापन पत्रको पुर्णपाठ :
“रोजगारको लागि नेपाली नागरिकहरु विश्वका अनेकौं देशमा पुगेका छन् । त्यसै क्रममा साईप्रसमा पनि हजारौंको संख्यामा नेपाली श्रमिकहरु कार्यरत छन् । ति नेपालीहरु श्रमिकहरुको हकहित र सुरक्षा तथा नेपाल सरकारसँगको कुटनैतिक संवन्ध स्थापित गर्नको लागि विभिन्न देशमा दूतावासको व्यवस्था पनि रहेको छ । साईप्रसमा हाम्रो औपचारिक दूतावास नभएको हुँदा त्यहाँ दूतावासले गर्ने काम बाणिज्य दूतावास मार्फत समाधान गर्ने सरकारको प्रयत्न छ । साईप्रसस्थित बाणिज्य दूतावास नेपाली राजदूतावास इजरायलको मातहत भएको हुँदा महामहि समक्ष साईप्रसस्थित नेपालीहरुका निम्न लिखित समस्याहरुप्रति ध्यानाकर्षण गराउँदै उचित समाधानको आपेक्षा गर्दछौं ।
१. साईप्रसमा रोजगार गर्न आएका नेपालीहरुलाई रोजगारदाताले अवैधानिक प्रकारले राहदानी (पासपोर्ट) जमा गर्न भएको हुँदा अनेकौं प्रकारका समस्याहरु उत्पन्न भएका छन् । तोकिएको समय भन्दा धेरै काम गर्नुपर्ने, काम छोड्नु चाहेमा रिलीजÞ पेपेर रोजÞगारदाताबाट नदिइने, कैयौं महिला कामगारहरुले विना भिसामा काम गर्नु पर्ने वाध्यात्मक अवस्था रहेको छ । त्यसको लागि कानुनी सहजीकरणको लागि आवश्य पहल गरियोस् ।
२. रोजगारदाताले भिसा लगाएर पनि नियमीत भिसा अवधिसम्म सामाजिक बिमा किस्ता (कयअष्ब िष्लकगचबलअभ) नतिरेको खण्डमा पनि कामदारहरुलाई अवैधानिक मानिने यहाँको कानुनी प्रावधान रहेको र कामदारले घर फेर्न परेको खण्डमा पनि रिलीजÞ पेपेर (चभभिबकभ० मा अवरोध गर्ने गरिन्छ । यस्तो अवस्थामा नेपाली श्रमजिवीहरु श्रणार्थी बन्न परिरहेको अवस्था उत्पन्न भइरहेको छ । त्यसैले साईप्रसस्थित नेपालीहरु कामदारहरुलाई नेपाल सरकार र साईप्रस सरकारको कुटनैतिक पहलमालाई सुलभ कानुनी साहेताको व्यवस्था गरियोस् ।
३. साईप्रसको विभिन्न प्रान्तहरुमा पेलेसमेण्ट चलाएर सहयोग गर्ने बहानामा हजारौं युरो लिएर नोकरीको खोजी दिने, राम्रो घर खोजी गरिदिने, सापटी दिने, युरोपको अन्य देशहरुमा पठाउने बहानामा प्रलोभनमा पारी नेपालीलाई नेपालीहरुले नै ठगि गरिरहेका घटनाहरु साईप्रस नेपाली एकता समाजमा जानकारी हुन आएका छन् । यस प्रकारका गतिविधिहरुलाई तत्काल बन्द गर्न पहल गरियोस् ।”
















