सामुहिकता अनेकतामा एकताको प्रतिक हो ।
एकता,सदभाव र अनुशासन को दर्पण हो ।।
दुःख सुखको साथी र संगठित यात्राको उर्जा हो ।
अनेक मान्छे एक परिवारमा बाध्ने सुत्र हो ।।
सामुहिकता संगठित विचार दर्पण पनि हो ।
यसैले सामुहिकता सबैको हित देख्ने आँखा हो ।।
सामुहिकता चिन्तन र एकताको उच्च रुप हो ।
एक परिवार एक विचारको वैज्ञानिक ढाचा हो ।।
सामुहिकता सभ्य समाज निर्माता पनि हो ।
सामुहिकता विभिन्नता भित्र एकताको सुत्र हो ।।
रोग, भोक र कष्टमा रहेका लाइ संजीवनि हो ।
कहिल्लै नदुख्ने गरि लागेको मलम पटृटी हो ।।
व्यवहारिक विज्ञानको ज्ञान चक्क्षु सामुहिकता ।
मुठ्ठी कसेर संगठित हुन भन्छ सामुहिकता ।।
डाहा रिस त्यागी संयुक्त बन्न भन्छ सामुहिकता ।
दुख सुखमा सधै संयुक्त हौ भन्छ सामुहिकता ।।
खोले र सिन्किमा सामुहिक रमाउन नि सिकायौ ।
आँसुलाइ हासोमा बदल्ने सामुहिकता सिकायौ ।।
क्रान्ति पथमा उभिएर हिडन सिकाउछौ तिमी ।
बस्ती गल्लीमा रमाउने हौसला दिने गर्छौ तिमी ।।
त्यसैले मेरो प्राण भन्दा प्रिय लाग्छ सामुहिकता ।
जहा आँसु हासो र दुःख सुख बुझ्छ सामुहिकता ।।
परिवर्तनका लागि एकजुटता पो सिकाउँछ ।
संसार बदल्ने जोस, हिम्मत त्यहीबाट आउँछ ।।
















