विगत ४ वर्षदेखि लापत्ता सुरेन्द्र रोकाको खोजी गरौं

तारा सोमरे,
हिसार । भारतमा चार वर्षअघि हराएका प्युठानको झिमरुक गाउँपालिका वडा नं ७ थापाचौर बस्ने नरबहादुर रोकाका छोरा २५ वर्षीय सुरेन्द्र रोकाको खोजि गरी दिन आफन्तले आग्रह गरेका छन् ।

करिब ४ वर्षअघि सन् २०१७ देखि भारतको हरियाणा राज्यको हिसारबाट बेपत्ता भएका सुरेन्द्रको खोजीका लागि उनका आफन्तले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग आग्रह गरेका हुन् ।

ड्युटी जान भनी आफ्नो कान्छा सालासँग हिसार रेलवे स्टेशनबाट बिदा भएर हिँडेको ४ वर्ष बितीसक्दा पनि उनी परिवारको सम्पर्कमा आएका छैनन् ।

श्रीमान हराएपछि सामान्य मजदुरी गर्दै ५ वर्षको छोरा साथमा लिएर हिसार आएकी सुरेन्द्र रोकाकी श्रीमती शान्ताले श्रीमानको खोजीकार्यमा सहयोग गरिदिन मूलप्रवाह हिसारलाई निवेदन दिएकी छन् ।

मूल प्रवाहले खोजतलासमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ। उनलाई फेला पारेमा नजिकको मूल प्रवाहको कार्यालय वा धनबहादुर ९१–९९९६२३०७३२, तारा सोमारे ९१–८०५९५१४७२७ मा सम्पर्क गर्न मूल प्रवाहले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार