मुक्तिको बिगुल

झविन्द्र खनाल

उज्यालो छँउन सारा जनमा
मुक्ति साचेर उठौँ जुरुक्क मनमा
उज्यालो छ मोह छैन तनमा

निस्वार्थ सेवा भाव जगाऊँ जनमा
पेचिलो छ दाउ तर खेलाडीको खेल
जित सुनिश्चित छ आउलान् चुनौतीका भेल
जनता डुबेको छ पानीमा उठाऊँ त्यो शिर
बैरी को हुन् ? जनताका लगाऊ निसाना तिर

मूल फुटाऊ देशमा उद्योगधन्दा खोई ?
शिर झुकेको छ हाम्रो, उत्पादन नहुँदा केही
बेरोजगारी बढाउने सदियौँको खेल भो
देशमा लुट व्यवस्था युवाहरू विदेशमै सड्ने हो ?

फर्क हे युवा आनै धर्तीमा प्याउली झैँ पलाऊ
छैन र के यहाँ यही धर्तीमा सुन फलाऊ
जनताको अधिकारवाला हो सत्ता खोस
न्याय दिन नसक्ने अपराधीको उडाऊ होस

चिन है आआनो वर्गमित्र मित लगाऊ
चारैतिर जनताको जित हुने आसा जगाऊ
यो देश नामको फुलबारी उठ सजाउ
जाति, धर्म र क्षेत्रको राजनीति गर्ने दुष्ट चिनाउ

छैन कोहि दरिद्र, उचो र निचो विचारमा सफाइ गरौँ
सभ्यताको बालज्योति ज्ञानविज्ञानको अध्ययनले भरौँ
संसारका मानव एउटै हुन् निरक्षरता हटाऊ
सुनौलो त्यो दिन ल्याउन सबैको मुहार हँसाऊ

म, मेरो भनेर नखुम्च संसारमै सत्यको हुने छ जित
देशको सीमा र बन्धन तोड संसार हाम्रोमै छ हित
कुनै सीमा छैन बास बस्न अन्याय–अत्याचार हटाऊ
जाग जनता जालीझेली पिपासुको कुटिल पासो फुकाउ

अरुको मात्र कालो हटाउन हिड्ने पहिले आनो मैलो हटाऊ
जीवनको यो रङ्गमञ्च कति दिन हो, बाँचेर के पायौँ ज्ञान ?
नगर धेरै जोडघटाउ ज्युँदो जीवनको किन्तु परन्तु स्वाह
चौतर्फी न्यायको दियो बालौँ मुक्तिको बिगुल बजायौ भने वाह ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार