प्रेम गायक, बाग्लुङ
समय बलवान छ भन्दा शुनेको थिएॅ
यत्ति सारै बलवान छ भन्ने थाहा थिएन।
पृथ्वी गोलो छ भन्दा पनि शुनेको थिएॅ
यसरी गोलचक्कर लाउॅछ भन्ने भाथिएन।
कसैलाई समयले
बिछोड पो बनाईदियो।
कसैलाई समयले
पुनर्मिलन बानाईदियो।
कसैलाई समयले
रुंदै रुंदै छुटाईदियो।
कसैलाई समयले
जवर्जस्ति जुटाईदीयो।
कसै सॅग छुट्न बाध्य पार्यो
समयले।
कसै सॅग जुट्न बाध्य पार्यो
समयले।
मन परेको गास
खान दिएन समयले।
मन परेको बास
बस्न दिएन समयले।
कतै आउ आउ भन्दा
जान नपाईने।
कतै न आउ भन्दा
नगई नहुने।
कसैलाई रुहायो समयले
कसैलाई हंसायो।
कसैलाई न यता न उता
बनाएर फसायो।
बुझि नसक्नु भयो समयको खेल
नसोचे नसोचेको भईदियो।
कसैले केही गर्न नसक्ने गरी
बलवान बनेर आईदियो।
रुंदै रुंदै छुट्टीएकालाई
जुटाउला कि केगर्ला समयले?
जवर्जस्ति मिलेकालाई
फुटाउला कि केगर्ला समयले?
बाध्यतावस छुट्टीएका हरु
पुनर्मिलन होलाकि नहोला?
जवर्जस्ति मिलेका हरु
फेरी बिछोड होलाकि नहोला?
सबैको मनमा यहि प्रश्न उब्जिएको छ
अब समयले के गर्ला?
अझै केही समय धैर्य गरौं
जे पर्ला त्यही टर्ला।