डग्दैन हाम्रो स्वाभिमान

जनक बिसि, कोचिन

हामीलाई घरको ओत लाउने छानो
बनेर ओत दिई रहँदा, थाहा छैन ?
कति वर्षिय तिम्रो शरिरमा लाठि, खुकुरी ढुङ्गा, मुडाहरु,
दुःखका वर्षा र असिनाका डल्लाहरु ।
हामीलाई अनुभव त नहोला,
तिमि ठुलो रुख बनेर सितल दिईरहँदा
कति पटक दुःख सह्यौ ?
चलिरहने अभावका हुरि र बतासहरु
त्यसैले हामीलाई मुक्ति मार्ग
पहिल्याई दिईरहेका छौ,
हतासको साथमा खुसि छन् यी मनहरु,
हामीलाई पोषाउन त्यो तल्ला घरे
साहुको एक छत्र दमन र तिमिले भोगेउ
त्यो दुश्मनको जेल
काल कोठरिमा कैयौं वर्ष बस्यौं,
हामीलाई अनुभव न होला
तिमी ठुलो रुख बनेर
हामीलाई सितल दिई रहदा
कति पटक पटक दुःख सयौ ?

अब त धर्तिका प्राणिहरु
पनि जङ्गलमा चर्न थालिरहेको अवस्थामा
पालुवाको रफ्तारसँगै गम्भीर बनिसके
आफ्नो घर यहि हो मुक्ति मार्ग पहिल्याएर
हिडेका छन्,
तिम्रा नानीहरु पानीमा पौडिखेलिरहेका छन्
नदि बनेर त्यो सागर भेट्न कुदिरहेका छन ।
हामीलाई तिमी छानो बनेर
ओत दिई रहदा,
तिमिलाई थाहा छैन ?
तिम्रा शरिरमा कति वर्षियो ?
लाठी, खुकुरी, ढुङ्गा र मुडाहरु,
यसैले अब दुःखका वर्षा र असिनाका डल्लाहरुमा
झुक्दै झुक्दैनन् यी हाम्रा शिरहरु
डग्दैनन हाम्रा उत्शाहहरु
प्रदुषित र विषालु हल्लाहरुले
फोहोर र डङ्गुरहरुको डल्लाहरुले ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार